सताब्दी पुरुषको एक सय बर्ष

178

काठमाडौं, बैशाख ३० :संस्कृतिविद् सत्यमोहन जोशी आजबाट एक सय वर्षमा प्रवेश गर्नुभएको छ । नेपालको कला, संस्कृति र इतिहासको क्षेत्रमा अनवरत रुपमा योगदान पुर्‍याउनु भएका जोशीलाई उहाँकै निवासमा विभिन्न व्यक्ति र संघ संस्थाले एक सयौं जन्मोत्सवका उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभयो । संस्कृतिविद् जोशीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँकै निवासमा उपस्थित भई शुभकामना व्यक्त गर्ने कार्यक्रम रहे पनि राष्ट्रपति भण्डारी जनकपुर जानु परेका कारण उपस्थित हुन सक्नु भएन । तर राष्ट्रपति भण्डारीले सयौं जन्मोत्सवको उपलक्ष्यमा पठाउनु भएको पत्र पढेर सुनाउनुका साथै राष्ट्रपति कार्यालयबाट पठाइएको सगुन सताब्दी पुरुष जोशीले ग्रहण गर्नुभयो । यसै गरी ललिपुर महानगरपालिकाका तर्फबाट मेयर चिरिबाबु महर्जनले संस्कृतिविद् जोशीलाई शुभकामना व्यक्त गर्नुभयो । आजै दिउसो ललिपुर महानगरपालिकाले जोशीलाई रथारोहण गर्ने कार्यक्रम रहेको छ । सय वर्षमा प्रवेश गर्नुभएका संस्कृतिविद् जोशीकी धर्मपत्नी राधादेवी जोशी पनि ९६ वर्षकी हुनुहुन्छ । उहाँलाई पनि एकै साथ सम्मानित गरियो ।  एक सय वर्षको दीर्घ र स्वस्थ जीवन पाउनुभएका संस्कृतिविद् जोशीलाई उहाँको स्वस्थ जीवनको राज हामीले सोधेका थियौं । उहाँले चिन्तामुक्त हुने र सन्तुलित भोजन नै आफ्नो स्वस्थ जीवनको राज भएको बताउनु भयो । विहान गाईको दूध, साझ विहान नियमित दाल, भात तरकारी उहाँको नियमित भोजन हो । Pause  संस्कृतिविद् जोशीका ३ छोरी र ३ छोरा गरी ६ जना सन्तान रहेका छन् । दुई छोरी र एक छोरा नेपालमा रहे पनि जोशी दम्पती कुनै छोराछोरीसँग बस्नुहुन्न । उहाँका एक छोरा क्यानडा, छोरी अमेरिका र अर्का छोरा बेलायतमा बसोबास गर्दै आएका छन् । उहाँको सयौं जन्मोत्सवमा क्यानडामा रहेका एक छोरा आउन नसके पनि बाँकी सबै सन्तान जोशी निवासमा भेला भएका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here