प्रधानमन्त्रीको कम्बोडिया भ्रमण शुरु

235

काठमाडौं, बैशाख ३० : प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पाँचदिने भियतनाम भ्रमण सकी आज बिहान कम्बोडियाका लागि प्रस्थान गर्नुभएको छ । आजै नेपाल र कम्बोडियाबीच  दुईपक्षीय वार्ता पनि हुँदैछ । भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ वैशाख २६ गते भियतनाम जानुभएको थियो । भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भियतनाम नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसङ्घीय वैशाख दिवसलाई सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले हिजो भियतनामको हा नाम प्रान्तमा आयोजित १६ औं युएन वेसाक दिवस कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । १ सय १२ देशका उच्चस्तरीय प्रतिनिधि सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले बुद्दको जन्मस्थल लुम्बिनीमा अर्को वर्ष नेपालले युएन वेसाक दिवस समारोहको आयोजना गर्ने तयारी गरिरहेको जानकारी गराउदै लुम्बिनी भ्रमणका लागि आह्वान गर्नुभएको थियो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here