समुन्द्रको पिँधमा प्लाष्टिकजन्य फोहोर

141

काठमाडौं,बैशाख ३१ :संसारकै सबैभन्दा गहिरो स्थानमा गोता लगाएर किर्तिमान तोड्ने क्रममा एक अमेरिकन अन्वेशकले समुद्रको पीँधमा प्लास्टिकजन्य फोहोर भेटेका छन् । समुद्रको सबैभन्दा गहिरो स्थान प्रसान्त महासागरको मरियाना ट्रेन्चमा अमेरिकी अन्वेशक भिक्टर भिस्कोभोले झण्डै ११ किलोमिटर गोता लगाएका थिए । समुद्रको पीँधको गहिराईमा चार घन्टा विताएका भिक्टरले समुद्री जीवका साथै प्लास्टिकका झोला र चकलेटका खोल समेत फेला पारेका छन् । समुद्रको सबैभन्दा गहिरो भागमा मानव पुगेको यो तेस्रो पटक हो । पहिलोपटक सन् १९६० मा अमेरिकी नाविक र स्वीस इन्जिनियरले पहिलोपटक गोता लगाएका थिए । पछिल्लोपटक अमेरिकी अन्वेषक भिक्टरले १० हजार ९ सय २७ मिटर गहिराईमा पुगेर नयाँ  किर्तिमान बनाएका हुन् । पृथ्वीकै गहिरो भाग मरियाना ट्रेन्चको गहिराई १० हजार ९ सय ९९ मिटर रहेको छ । जुन विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाईभन्दा २ हजार १ सय ४६ मिटर बढी हो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here