श्रीलंकामा तनाव / कर्फ्यु जारी

89

काठमाडौं,बैशाख ३१ :श्रीलङ्कामा धार्मिक समुदायहरु बीच झडप भएपछी देशभर कर्फ्यु लगाइएको छ । बहुसङ्ख्यक बुद्धमार्गी समूह र अल्पसङ्ख्यक मुसलमान समुदाय बीच दंगा भड्किएपछी देशभर कर्फ्युको आदेश जारी गरिएको अधिकारीहरुले बताएका छन् । देशका उत्तर पश्चिमी शहरहरूमा सोमबार दिउँसो धार्मिक दंगा भड्किएपछी आज विहान सम्मका लागि देशैभर कर्फ्यु लगाइएको हो । परिस्थिती हेरेर कर्फ्युको समयावधी लम्व्याइने अधिकारीहरुले बताएका छन् । दंगाका क्रममा अल्पसंख्यक मुसलमान समुदायका घर, पसल र व्यवसायहरुमा आगजनी गरिएको छ । त्यस क्रममा एक जनाको मृत्यु भएको छ । इस्लामिक विद्रोही समूहको संलग्नतामा केही साता अघी होटलहरुमा गराइएको बम विस्फोटको घटना पछि श्रीलंकामा मुसलमान समुदाय लक्षित आक्रमण भइरहेका छन् । यसैबीच सरकारले गलत सूचना सम्प्रेषण नहोस् भनी सामाजिक सञ्जालहरू हिजैबाट बन्द गराएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here