शिक्षक नहुँदा समस्या

162

काठमाडौं,बैशाख ३१ :शिक्षक नभएपछि कंचनपुरको भीमदत्त नगरपालिका वडा नं.१० तिल्केनीमा रहेको बिष्णुमन्दिर आधारभुत विद्यालयका कक्षा १ र कक्षा २ का बिद्यार्थीहरु एउटै कक्षामा बसेर पढिरहेका छन् । कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा एउटा पनि दरबन्दी नभएका कारण ३ जना राहत कोटाका शिक्षिकाहरुले कक्षा चलाइरहेका छन् । फरक फरक कक्षामा पढनुपर्ने विद्यार्थीहरुलाई एउटैमा राखेर पढाउदा निकै समस्या छ । तर प्राय सबै हलिया र दलित समुदायका बालबालिका पढ्ने यो विद्यालयको समस्या कसैले सुनेका र देखेका छैनन् । विद्यार्थीले न त विद्यालय पोशाक लगाउन सकेका छन् न त विद्यालयमा उनीहरुका लागि पानी र गतिलो शौचालय नै छ । विद्यार्थीहरुलाइ संयुक्त रुपमा पढाउनु बाध्यता रहेको शिक्षिकाहरुको भनाइ रहेको छ । शिक्षा सम्बन्धि संघिय र प्रादेशिक ऐन बन्न बाँकी रहेकोले विद्यालयलाई व्यवस्थित गर्न नसकिएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले बताउनुभयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here