जाजरकोटको भेरी नगरपालिका ठाँटीबजारमा पहिरोमा पुरिएर ८ जनाको मृत्यु

507
जाजरकोटमा पहिरो

जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीबजार नजिक पहिरो जाँदा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका ६ निवासी सितली लोहार, उनका छोरीहरु रन्जना लोहार, मनीषा लोहार र भगवती लोहार रहेका छन । त्यस्तै कुशे गाउँपालिकाका नरेन्द्र परियार, नविन परियार र दशरथ परियार तथा बारे-कोट गाउँपालिकाकी लोग्मा बोहराको पनि सोही पहिरोमा पुरिएर मृत्यु भएको छ। पहिरोमा पुरिएका गोविन्द परियारको सेना र प्रहरीको टोलीले खोजी गरिरहेका छन । जाजरकोटको सदरमुकाम खलंगाका विभिन्न ठाउँमा गएका पहिरोका कारण जनजीवन प्रभावित भएको पनि हाम्रा स्थानीय संवाददाता वीर बहादुर गिरीले जनाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here