अतिक्रमण गरेर बनाइएका संरचना भत्काइँदै

36

काठमाडौं,बैशाख ३१ :जाजरकोटमा सरकारी र सामुदायिक वन अतिक्रमण गरी घर टहरा बनाउने क्रम तिब्र देखिएको छ ।  सदरमुकाम आसपासमा मात्रै वन क्षेत्र अतिक्रमण गरी ३ सय घरटहरा बनाइएका छन । जिल्लामा ५ सय हेक्टर बढि वन क्षेत्र अतिक्रमण गरी घर टहरा बनाएको र खेती गरेको पाइएको गर्ने जिल्ला वन कार्यालयले जनाएको छ । सरोकारवाला निकायको लापरबाही र राजनीतिक संरक्षणका कारण वन अतिक्रमण बढेको नागरिक सामाजका अध्यक्ष केशब जंग शाहले बताउनुभयो । अतिक्रमित वन क्षेत्र खालि गराउन स्थानीय सरकारले समेत चासो देखाएका छैनन । राजनीतिक सहजीकरण नभएकोले अतक्रमण हटाउन कठिन भएको डिभिजन वन कार्यालय जाजरकोटका निमित्त वन प्रमुख  महेश कुमाइ बताउनु हुन्छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here