सडक कालोपत्रे गर्ने काम शुरु

218

काठमाडौं,बैशाख ३१ :संघीय र प्रदेश सरकार कस्ले निर्माण गर्ने भन्ने अन्यौलका कारण अलपत्र परेका डडेल्धुरा र डोटीका ६ वटा प्रादेशीक सडकको कालोपत्रे गर्ने काम शुरु भएको छ । संघीय सरकारले बजेट उपलव्ध गराए पछि ३४ वटा प्रादेशीक सडक मध्ये डडेल्धुराको उग्रतारा मेलौली, वुडर जोगवुढा र डोटीको वुडर जोरायल लगायत ६ वटा प्रादेशीक सडकको कालोपत्रे गर्ने काम शुरु भएको हो । वाँकी सडकको काम पनि प्रक्रिया पुरा गरेर छिटटै शुरु हुने पुर्वाधार विकास ईकाई कार्यालय डडेल्धुराले जनाएको छ । तत्कालका लागि सडक बनाउन संघीय सरकारले १ अर्व २८ करोड मध्ये २८ करोड रुपैयाँ उपलव्ध गराएपछि काम सुरु भएको पुर्वाधार विकास ईकाई कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले वताउँनुभयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here