गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाइ

291

काठमाडौं,बैशाख ३१ :गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तोकिएको मितिमा सम्पन्न हुनेमा सन्देह उत्पन्न भएको छ । बजेटका कारण काम रोकिएकाले सन्देह बढेको हो । तर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने खासै ठूलो समस्या नभएको बताएको छ । केही दिनअघिसम्म विमानस्थलको धावनमार्गमा अन्तिम कालोपत्र भइरहेकोमा काम रोकिएको थियो । यसैबीच मन्त्रालयले आजै ७० करोड रु रकम आयोजनाका लागि उपलब्ध गराएको जनाएको छ । सरकारले आगामी आर्थिक वर्षभित्र आयोजना सम्पन्न गरी विमानस्थल सञ्चालनमा ल्याउने कुरा नीति तथा कार्यक्रममा समावेश गरेको छ । विद्युतीय उपकरणबाहेक विमानस्थलको भौतिक प्रगति ७० प्रतिशत बढी भइसकेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here