नेपाल र कम्बोडियाबीच समझदारी पत्रमा हस्ताक्षर

222

काठमाडौं,बैशाख ३१ :नेपाल र कम्बोडियाले द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, पर्यटन प्रवद्र्धन गर्ने र व्यापार विस्तारलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा सहमति गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको औपचारिक भ्रमणका अवसरमा पर्यटन प्रवद्र्धन र व्यापार विस्तार गर्न दुई देशबीच द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर भयो । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र कम्बोडियाका उद्योगमन्त्री सुय सेमले व्यापार तथा लगानी ढाँचासम्बन्धी सहमतिमा  हस्ताक्षर गर्नुभयो । त्यसैगरी नेपाल चेम्बर अफ कमर्श र कम्बोडिया चेम्बर अफ कमर्शबीच पनि एक समझदारीपत्रमा हस्ताक्षर भयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here