प्रम ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता

285

काठमाडौं,बैशाख ३१ :कम्वोडिया भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग  कम्बोडियाका सिनेट तथा राष्ट्रियसभाका अध्यक्षले छुट्छ्ट्टै  शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री ओलीसंग कार्यवाहक राष्ट्र प्रमुख समेत रहनु भएका सिनेट अध्यक्ष से चुम आरले राजधानी नोम्पेङस्थित सिनेट हाउसमा शिष्टाचार भेटवार्ता गर्नुभएको हो । यसैगरी प्रधानमन्त्री ओलीसंग आजै कम्वोडियाका राष्ट्रियसभा अध्यक्षहेङ साम्रिङले शिष्टाचार भेटवार्ता गर्नुभयो । भेटका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणले नेपाल र कम्वोडिया बीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन बल पुगेको बताउनुभयो । प्रधानमन्त्री ओलीले आगामी दिनमा दुइ देश बीचको सहकार्यलाई बढाउने तर्फ केन्द्रित भएर काम गर्नु पर्ने पनि बताउनुभयो । भेटका अवसरमा सिनेट र राष्ट्रिय सभाका अध्यक्षहरुले प्रधानमन्त्री ओलीलाई स्वागत गर्न पाउँनु निकै खुशीको कुरा भएको भन्दै दुई देशबीचको साझा हितमा काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको प्रधानमन्त्रीको भ्रमणदलमा रहेका हाम्रा प्रतिनिधि चूडामणी नेपाल र पुरुषोत्तम घिमिरेले जनाएका छन् । यसअघि हिजो प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री समबेदक अक्का मोह सेना पाडेइ टेको हुन सेनबीच भेटवार्ता भयो । त्यसक्रममा प्रधानमन्त्री ओली र  कम्बोडियाली प्रधानमन्त्री हुन सेनबीच एक्लाएक्लै र प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक भयो । बैठकमा दुई देशबीच द्विपक्षीय सम्बन्ध सुदृढ गर्दै  सहयोग विस्तार गर्ने र पर्यटन प्रवद्र्धन गर्ने लगायत विषयमा छलफल भएको पनि हाम्रा प्रतिनीधिहरुले जनाएका छन् । प्रधानमन्त्री ओली कम्बोडियाका समकक्षी हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजोदेखी कम्बोडियाको भ्रमणमा हुनुहुन्छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here