मनाङ-मर्स्याङ्दी र मिनर्वा पन्जावबीच प्रतिस्पर्धा

157
Soccer Ball in Net

काठमाडौं, जेष्ठ १ :नेपालको लिग विजेता मनाङ मर्साङदी क्लबले एएफसि फुटबल अन्तर्गत समुह चरणको चौथो खेलमा आज भारतको लिग विजेता मिनर्वा पन्जाब विरुध्द खेल्दै छ । यी दुइ टिम वीच हुने खेलको पुर्वसन्धामा हिजो ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा मनाङका मूख्य प्रशिक्षक छिरिङ लोप्साङले विगतका गल्ती सच्याउदै स्पष्ट ३ अंक ल्याउने लक्ष सहित मैदानमा उत्रिने बताएका छन । यि दुइ टिम वीच भारतको भुवनेश्वरमा भएको पहिलो खेल २-२ गोलको बरावरीमा सकिएको थियो । मनाङका कप्तान विराज महर्जनले पनि घरेलु मैदानमा आफ्नो टिमलाइ फाइदा पुग्ने भएकोले स्पष्ट जितको लक्ष स्वाभाविक भएको बताएका छन । मिनर्वा पन्जाबका मूख्य प्रशिक्षक सचिन तनाजीले पनि टिमको लक्ष जित रहेको बताएका छन । समुह इमा रहेको मनाङ समुहको पुछारमा छ । मनाङले ३ खेलबाट मात्र १ अंक जोडेको छ भने मिनर्वा ३ खेलमा ३ अंक जोडी तेस्रो स्थानमा छ । यी दुइ टिम वीचको खेल सातदोबाटो स्थित एन्फा कम्लेक्सको मैदानमा अपरान्ह ३ बजे सुरु हुने छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here