श्रीलंकामा कर्फ्यू जारी

162

काठमाडौं, जेष्ठ १ :श्रीलंकामा जारी राष्ट्रव्यापी कर्फ्यु दोस्रो रात पनि जारी छ । इस्टर सन्डे मनाइरहेका बेला भएको बमबारीको घटनापछि धार्मिक समुदायहरु बीच झडपको स्थिति आएपछि देशभर कर्फ्यु लगाइएको थियो । सरकारले मंगलबार राति ९ बजे सम्मका लागि दोस्रो रात्री कालीन राष्ट्रव्यापी कर्फ्यु घोषणा गरेको छ । देशको उत्तर पूर्वी राज्यमा जारी हिंसाको डरलाग्दो परिस्थितिमा सुधार आउने प्रहरीको अपेक्षा छ । राजधानी कोलम्बोको उत्तरी क्षेत्रमा अझै पनि दंगा भड्किरहेको छ । प्रहरीले दंगा नियन्त्रण गर्न कतिपय सहरहरुमा हावामा फायरिङ समेत गर्ने गरेको छ । तीन हप्ता अघि इस्टर सन्डे मनाइरहेका बेला २ सय ५० जना भन्दा बढीको ज्यान जानेगरी विभिन्न होटेल तथा चर्चहरुमा इस्लामिक सैन्य समूहले आक्रमण गराएपछि शुरु भएको तनाव श्रीलंकामा अझै जारी छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here