आगामि जुनबाट ब्रेक्जिटको कार्यान्वयन

159

काठमाडौं, जेष्ठ १ :बेलायत सरकारले आगामी जुन महिनाको पहिलो साताबाट ब्रेक्जिट सम्झौताको कार्यान्वयन शुरु गर्ने पुष्टि गरेको छ । औपचारिक रुपमा युरोपियन युनियनबाट बाहिरने सम्बन्धमा बेलायती संसदबाट निर्णय हुनु अघि नै सरकारले बेक्जिट कार्यान्वयनमा ल्याउने निर्णय गर्नु महत्वपूर्ण भएको डाउनिङ स्ट्रिटले जनाएको छ । युरोपियन युनियनबाट बेलायत बाहिरिने सम्बन्धमा अन्तिम निर्णय नआए पनि बेलायत सरकारले बेक्जिटपछिको अवस्थालाई कसरी अघि बढाउने भनेर मजदुरहरुसँग बुधबार पनि बार्तालाई निरन्तरता दिने जनाएको छ । बेलायती सांसदहरुले संसदमा तेस्रोपटक पनि बेक्जिट सम्झौतालाई अस्वीकार गरेपछि सरकारले पार्टी बाहिरबाट समझदारी खोज्ने प्रयास थालेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here