पुल नबन्दा आवातजावतमा समस्या

191

काठमाडौं, जेष्ठ १ :लमजुङको बेसीसहर चामे सडक खन्डका खोलामा निर्माणाधीन पुलहरु समयमा सम्पन्न नहुँदा सवारी साधन सञ्चालनमा समस्या भएको छ । २०७५ को असार मसान्त सम्म काम सम्पन्न गर्ने गरी सडक डिभिजन कार्यालय दमौलीले करीव २२ करोड रुपैयामा ति पुल निर्माण गर्न ठेक्का दिएको थियो । मनाङ जिल्लाका पिसाङखोला,तिमाङखोला, सब्जीखोला, दुधखोला एबं लमजुङ र मनाङ जोड्ने म्यार्दी खोलाको पुल निर्माण गर्ने जिम्मा लिएको निर्माण कम्पनीले हालसम्म एउटा मात्र पुल बनाएको छ । पटक पटक म्याद थप्दै आए पनि म्यार्दी खोलाको पुल बाहेक अन्य खोलामा निर्माणाधीन पुलहरु अलपत्र परेका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here