हावाहुरीले बिद्युत आपूर्तिमा समस्या

37

काठमाडौं, जेष्ठ १ :मोरङका विभिन्न गाँउमा हिजो आएको हावाहुरीले बिजुलीको पोल ढल्दा आधा दर्जन गाँउमा विद्युत सेवा अवरुद्ध भएको छ । गएराति करिब ११ बजे देखि आधा घण्टासम्म आएको हावाहुरीबाट विराटनगर विराटचोक सडक खण्डमा २९ वटा पोल ढलेको विराटनगर विद्युत वितरण केन्द्रले जनाएको छ । पोल मर्मत गर्न केही दिन लाग्ने भएकाले सो क्षेत्रको लखन्तरी, भौसाबारी, गिधनिया, तेतरिया, मोतीपुर, थलाहा र स्रि्राहामा विद्युत सेवा अवरुद्ध भएको छ । हावाहुरीले मोरङको ग्रामथान गांउपालिकामा केहीको घरको छाना समेत उडाएको छ । यसैगरी चट्याङ लागेर मोरङको रतुवामाई नगरपालिका वडा नं. ४ का संझादेवी गनगाईको मृत्यु भएको छ भने दुइ जना घाइते भएका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here