आगो निभाउने क्रममा तीन जनाको मृत्यु

155

काठमाडौं, जेष्ठ १ :सल्यानमा सामुदायिक वनमा लागेको आगो गाउँमा पसेपछि निभाउने क्रममा तीनको मृत्यु भएको छ । जङ्गलको आगो वस्ती प्रवेश गरेपछि निभाउने प्रयास गर्दा छत्रेश्वरी सिमपानीकी पुन्टी बोहरा र शारदा नगरपालिका दुवेरीका गोवर्धन पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी आगलागीमा घाइते भएका छत्रेश्वरी सिमपानीका खगेन्द्र बोहराको उपचारका क्रममा काठमाडौँमा हिजो मृत्यु भएको पनि प्रहरीले जनाएको छ । आगलागीमा परेर छत्रेश्वरीमा आठ घर र कालीमाटी गाउँपालिकामा चार घर जलेर नष्ट भएका छन् । आगलागीबाट सल्यानको ११ वटा सामुदायिक वनको तीन हजार हेक्टर बढी क्षेत्रफल वन डढेर सखाप भएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here