झापा र इलामका चिया बगान सुचारु

353

काठमाडौं, जेष्ठ १ :आन्दोलनरत चिया मजदुर र चिया विकास निगम लिमिटेडबीच वार्तामा सहमति भएपछि झापाका तीन र इलामका दुइ चिया बगान खुलेका छन् । झापामा भएको बार्तामा मजदुरका माग पुरा गर्न निगमको व्यवस्थापन पक्ष सहमत भएपछि मजदुरहरु काममा फर्किएका हुन् । तर इलाम र कन्याम चिया बगानका मजदुरको माग अनुसार ज्याला उपलव्ध गराउन व्यवस्थापन पक्ष सहमत भएको छैन । पहाडका चिया बगानमा निगम घाटामा गएको निगमको दावि छ भने र राज्यले तोकेको व्यवस्थामा भेदभाव हुन नहुने मजदुरको भनाई छ । लामो समयदेखि आन्दोलन भएकाले इलाम र कन्याम चिया कमानको समस्या यथावत रहेको छ । चिया टिपाइ नहुँदा निगम घाटामा गएको छ भने मजदुर कामविहिन बनेका छन् । दुवै बगानमा स्थायी र अस्थायी तीन सय मजदुर कार्यरत छन् । श्रम ऐनमा भएको ब्यबस्था अनुसार सेवा सुविधा पाउनुपर्ने माग राखेर मजदुरले चैत्र महिनादेखि आन्दोलन शुरु गरेका थिए ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here