प्रमद्वारा सिल्भर प्यागोडाको अवलोकन

192

काठमाडौं, जेष्ठ १ :कम्बोडियाको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री के.पी.शर्मा ओलीले कम्बोडियाको राजधानी नोम पेनमा रहेको राष्ट्रिय संग्रहालय र शाही दरबार परिसरमा रहेको सिल्भर प्यागोडा अवलोकन गर्नुभयो । संग्रहालयमा हिन्दू र बौद्ध धर्मसँग सम्बन्धित १७ औं शताब्दी सम्मका मूर्तीहरु राखिएका छन । यसैगरी सिल्भर प्यागोडामा हिरा जडित ३ सय किलोग्रामको बुद्धको मूर्ती, प्यागोडा शैलीका मन्दिर लगायत विभिन्न सामग्री राखिएका छन् । संग्रहालय र प्यागोडा भ्रमणमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य लगायत भ्रमण दलमा सहभागी अन्य सदस्यहरु पनि सहभागी हुनुहुन्थ्यो ।।

प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एकसाता लामो औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कंदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीआज अपराह्न बैंकक हुँदै स्वदेश फर्कनु हुने कार्यक्रम छ । यसैबीच कम्बोडियामा रहेका नेपालीहरुले राजधानी नोम पेनमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारको ध्यान आर्थिक विकास सुशासनमा केन्द्रित रहेको बताउनुभयो । उहाँले बिदेशमा रहेका नेपालीहरुले पनि समृद्द नेपाल सुखी नेपाली भन्ने नेपालको नारालाई साकार पार्न सहयोग गर्नुपर्ने बताउनुभयो । Pause परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले स्वदेश र बिदेशमा रहेका नेपालीहरुले एक अर्कालाई सम्मान गरेर मात्रै देश विकास गर्न सकिने बताउनुभयो । उहाँले नेपाल सरकारले देशमा आर्थिक विकासका लागि विदेशमा रहेका नेपालीहरुको आर्थिक तथा बौद्धिक लगानीको उपयोग गर्न सकिने गरी नीतिगत तथा कानुनी व्यवस्था गरिरहेको पनि बताउनुभयो । Pause कम्बोडियामा रहेका नेपालीहरुका तर्फबाट प्राध्यापक डाक्टर श्रीराम भागत माथेमाले तीब्र आर्थिक विकासका लागि सरकारले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । कम्बोडियामा विभिन्न क्षेत्रमा कार्यरत करिब २ सय जना नेपालीहरु रहेका छन ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here