प्रधानमन्त्रीको भियतनाम र कम्बोडिया भ्रमण सम्पन्न

206

काठमाडौं, जेष्ठ १ :प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एकसाता लामो औपचारिक भ्रमण सम्पन्न गर्नुभएको छ । प्रधानमन्त्री ओली  बुधवार अपराह्न बैंकक हुँदै स्वदेश फर्कनु हुने कार्यक्रम छ । यसैबीच कम्बोडियामा रहेका नेपालीहरुले राजधानी नोम पेनमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारको ध्यान आर्थिक विकास सुशासनमा केन्द्रित रहेको बताउनुभयो । उहाँले बिदेशमा रहेका नेपालीहरुले पनि समृद्द नेपाल सुखी नेपाली भन्ने नेपालको नारालाई साकार पार्न सहयोग गर्नुपर्ने बताउनुभयो । यसैबीच परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले स्वदेश र बिदेशमा रहेका नेपालीहरुले एक अर्कालाई सम्मान गरेर मात्रै देश विकास गर्न सकिने बताउनुभयो । उहाँले नेपाल सरकारले देशमा आर्थिक विकासका लागि विदेशमा रहेका नेपालीहरुको आर्थिक तथा बौद्धिक लगानीको उपयोग गर्न सकिने गरी नीतिगत तथा कानुनी व्यवस्था गरिरहेको पनि बताउनुभयो ।  कम्बोडियामा रहेका नेपालीहरुका तर्फबाट प्राध्यापक डाक्टर श्रीराम भागत माथेमाले तीब्र आर्थिक विकासका लागि सरकारले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । कम्बोडियामा विभिन्न क्षेत्रमा कार्यरत करिब २ सय जना नेपालीहरु रहेका छन ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here