अमेरिकासँग युद्ध नहुने : इरानी नेता खामनी

139

काठमाडौं, जेष्ठ २ : इरानका सर्वोच्च नेता आयातुल्लाह खामनीले अमेरिकासँग कुनै युद्ध नहुने बताउनुभएको छ । गएको हप्ता मात्रै अमेरिकाले मध्य पूर्वमा विमानवाहक युद्धपोत तैनाथ गरेपछि तनाव बढेको थियो । संयुक्त अरब इमिरेट्ससे आफ्नो क्षेत्रमा चार वटा जहाजमाथि आक्रमणको प्रयास गरेको इरानमाथि आरोप लगाएपछि स्थिति तनावपूर्ण भएको थियो । अमेरिकी जाँचकर्ताहरुले सो घटनामा इरान र सहयोगी समूहको संलग्नता रहेको बताएका थिए । इरानले भने यो घटनाको पूर्णरुपमा जाँच हुनुपर्ने बताउँदै आएको  छ । यसैबीच अमेरिका र इरानबीच बढिरहेको तनावका विषयलाई लिएर अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले  पनि अमेरिकाले इरानसँग युद्ध नचाहेको बताउनुभएको छ ।। रुस भ्रमणमा रहेका विदेश मन्त्री पोम्पियोले इरानले अमेरिकालाई सामान्य देशको जस्तै व्यवहार गरोस् भन्ने चाहेको बताउनुभएको खबर छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here