मेक्सिको सिटीमा वातावरणीय संकटकालको घोषणा

157

काठमाडौं, जेष्ठ २ : वायु प्रदुषणको मात्रा बढेर मानव स्वास्थ्यलाई नै हानी पुर्‍याउने तहसम्म पुगेपछि मेक्सिको राजधानी शहर मेक्सिको सिटीमा वातावरणीय संकटकालको घोषणा गरिएको छ । २ करोडभन्दा बढी मानिसहरुको बसोबास रहेको राजधानी शहरका सर्वसाधारणलाई घरभित्रै बस्न भनिएको छ । थुप्रै मोटरकारहरुलाई गुड्न पनि प्रतिबन्ध लगाइएको छ । राजधानी नजिकैको जंगलमा लाग्ने डडेलोले पनि प्रदुषण बढाउन सहयोग गरिरहेको अधिकारीहरले बताएका छन् । प्रदुषण बढेसंगै शहर माथिको आकाशमा केही दिनदेखि बाक्लो कुहिरो लागेको छ । हावामा धुलोका कणको मात्रा पि एम  २.५ माइक्रो मिटर भन्दा कम हुनु पर्नेमा त्यहाँ विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड भन्दा ६ गुणा बढी १५८ माइक्रोग्राम सम्म पुगेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here