विश्वकोष विकिपेडिया माथी चीनमा प्रतिवन्ध

159

काठमाडौं, जेष्ठ २ : इन्टरनेटमा निशुल्क जानकारी दिने विश्वकोष विकिपेडियाको सबै भाषा-संस्करण माथी चीनमा प्रतिवन्ध लगाइएको छ । विकिपेडियाको संचालक कम्पनी विकिमेडिया फाउण्डेसनले गत महिना देखिनै आफ्ना सबै संस्करणहरु माथी चीनले प्रतिवन्ध लगाएको जनाएको छ । सुरुवातमा वेभसाइटको चीनिया भाषा पेज मात्र बन्द गराएको चीनले अप्रिल महिनाबाट सबै संस्करणमाथी बन्देजात्मक प्रतिबन्ध लगाएको विकिमेडियाले बताएको छ । तर प्रतिवन्धका सम्वन्धमा चीनिया सरकारले कुनै जानकारी नगराएको पनि संचालक कम्पनीको भनाइ छ । इन्टरनेटको सेन्सरसीप सम्वन्धमा छानविन गर्ने अनुसन्धानकर्ताहरुले चीनमा विकिपेडिया संगै अन्य हजारौं वेभ साइटहरु प्रतिवन्धित रहेकोले हेर्न नसकिने बताएका छन् । सबैले जहाँबाट पनि जानकारी हाल्न र सच्याउन सक्ने सुविधा भएको विकिपेडियामा हालिएका जानकारिको आधिकारितामा प्रश्न उठाउदै विश्वका अन्य मुलुकहरुले पनि बेभसाइटमा आंशिक प्रतिवन्ध लगाएका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here