अमेरिकामा प्रविधी आपतकालको घोषणा

188

काठमाडौं, जेष्ठ २ : बाहिरी मुलुकका सूचना प्रविधीबाट देशको कम्प्युटर प्रणालीमा असर पुगेको भन्दै अमेरिकामा प्रविधी आपतकालको घोषणा गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मुलुकको आन्तरिक सुरक्षामा प्रतिकुल असर पुर्याउन सक्ने विदेशी प्रविधीहरुको प्रयोग र ती संगको सहकार्य माथी प्रतिवन्ध लगाउने आदेश जारी गर्दै प्रविधी संकटकालको घोषणा गर्नुभएको हो । प्रतिवन्ध र संकटकालको व्यवस्थाले अब अमेरिकामा अन्य बाहिरी मुलुकमा प्रविधीको प्रयोग नियन्त्रित हुने छ । विश्लेषकहरुले हुवाए लगायत चिनिया कम्पनीको प्रविधी प्रयोगमा प्रतिवन्ध लगाउन संकटकालको घोषणा गरिएको दावी गरेका छन् । तर राष्ट्रपति ट्रम्पको घोषणामा कुनै खास प्रविधी निर्माता कम्पनीको नाम भने उल्लेख गरिएको छैन् । चीन संग व्यापार युद्ध गरिरहेको अमेरिका लगायत केही मुलुकहरुले चीनले प्रविधी मार्फत आफ्नो देशको निगरानि गरिरहेको र त्यसले राष्ट्रिय सुरक्षा चूनौति थपिएको बताउदै आएका छन् । अमेरिकी कदम त्यसैको पृष्ठभूमीमा आएको विश्लेषण गरिएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here