उत्पादनशिल क्षेत्रमा लगानी बढाउनु पर्नेमा अर्थमन्त्रीको जोड

40

काठमाडौं, जेष्ठ २ : अर्थमन्त्री डा. युवराज खतिवडाले उत्पादनशिल क्षेत्रमा लगानी गरेर मात्र आर्थिक विकास मार्फत समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । बिमा संस्थानको ५१ औ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा खतिवडाले बचतलाइ उत्पादनको क्षेत्रमा लगानी गरेर मात्र उच्च आर्थिक वृद्धिदर हासिल गर्न सकिने बताउनुभएको हो । यो वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने सरकारको लक्ष्य रहेको बताउनुहुदै उहाँले मूलुकको वित्तिय बजारमा संख्यात्मक विस्तार मात्र नभइ गुणात्मक विस्तार आवश्यक हुने बताउनुभयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here