विद्यार्थीहरुको प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकारले इन्टरनेट तथा मोबाइल सेवा बन्द

266
बंगलादेश विद्यार्थी आन्दोलन

बङ्गलादेशमा केही दिन यता भइरहेको विद्यार्थीहरुको प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकारले इन्टरनेट तथा मोबाइल सेवा बन्द गरेको छ । राजधानी ढाकामा गत शनिवार एउटा सवारी साधनको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएपछि सुरक्षित यातायातको माग गर्दै विद्यार्थीहरुले विभिन्न स्थानमा आन्दोलन र प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरुले इन्टरनेट र मोबाइलको प्रयोग गरी आन्दोलन चर्काउदै लगे पछी प्रशासनले तीनको सेवा बन्द गराएको अधिकारीहरुले बताएका छन् । प्रदर्शनमा एक सय जना भन्दा घाइते भइसकेका छन् ।

यसैबीच आक्रमणकारीको एउटा समुहले बंगलादेशका लागि अमेरिकी राजदूतलाइ लक्षित गरी आक्रमण गरेको छ । राजधानी ढाकामा भएको आक्रमणमा परी राजदूत चढेको सहित दुइ वटा गाडिमा क्षती पुगेको समाचार छ । स्थानीय संचार माध्यमहरुले सरकार समर्थित दलका कार्यकर्ताहरुले प्रदर्शनकारी विद्यार्थी लक्षित गरी गरेका आक्रमणका कारण स्थिती बिग्रदै गएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here