अरुण तेश्रो आयोजनामा मुआव्जा विवाद कायमै

276

काठमाडौं, जेष्ठ २ : अरुण तेश्रो आयोजनाको करिब २० प्रतिशत काम भइसक्दा पनि मुआव्जा विवाद अझै कायमै छ । संखुवासभाको छ्याङकुटीबाट पावरहाउस स्थल दिदिङसम्मको मुआव्जा विवाद अहिलेसम्म मिलेको छैन । काम सुरु भएको ३ बर्ष बितिसक्दा पनि उचित मुआव्जा नपाएको स्थानीयको भनाई छ । पहिले १५ मिटरको मुआव्जा दिएर आयोजनाले अहिले ३० मिटर अधिग्रहण गरेको उनीहरुको गुनासो छ । लगानी बोर्डका कार्यकारी प्रमुख महाप्रसाद अधिकारीले स्थानीय, निर्माणको जिम्मा पाएको भारतिय सतलज र स्थानीय प्रशासनसंग सहमति गरेर मुआव्जा विवाद मिलाउने बताउनुभयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here