नियमित मर्मत सम्भार नहुँदा विद्युत उत्पादनमा कमी

187

काठमाडौं, जेष्ठ २ : काभ्रेपलाञ्चोक जिल्लामा रहेको पनौती जलविद्युत आयोजनाको नियमित मर्मत सम्भार नहुँदा विद्युत उत्पादन घटेको छ ।  २ दशमलव ४ मेगावाट क्षमताको आयोजनाको एउटा टरवाइबाट ६ सय किलोवाट विद्युत मात्र उत्पादन भैरहेको छ । समयमै मर्मत नहुदाँ पुराना टरवाइनहरुले विद्युत उत्पादन गर्न सकेका छैनन् । त्यस माथी ड्याम बरपर रहेका क्रसर उद्योगले फालेको धुलोले खोला पुरिंएर र जलाशयको पानीलाई स्थानीयले सिंचाईमा प्रयोग गर्ने गरेकाले विद्युत निकाल्न नसकिएको आयोजनाका प्राविधिकहरु बताउँछन् । राष्ट्रिय प्रसारण लाईन जोडिएको मुलुककै तेस्रो जल विद्युत आयोजना रहेको काभ्रेमा ५२ वर्षको अवधिमा भने एउटै ठुलो आयोजना बन्न सकेको छैन ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here