त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइनको परीक्षण शुरु

271

काठमाडौं, जेष्ठ २ : त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण शुरु गरिएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ को उत्पादनगृहदेखि काठमाडौँको मातातीर्थ सवस्टेशनसम्म विस्तार गरिएको प्रसारण लाइनमा विद्युत् प्रवाह गरेर परीक्षण थालिएको हो । परीक्षण अवधि हिजोदेखि लगातार तीन दिन चल्ने छ । परीक्षणका लागि केन्द्रीय प्रसारण लाइनको विद्युत् प्रवाह गरिएको आयोजनाका सहायक निर्देशक नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो । परीक्षण अवधिमा विद्युतीय खम्बा, अर्थिङ्ग तार र विद्युतीय प्रसारण तारलगायत प्रसारण लाइनसँग सम्बन्धित संरचनाको दायाँबायाँ नजान आयोजनाले सबैलाइ सचेत गराएको छ । नुवाकोट र रसुवामा उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न विसं २०६८ फागुनमा निर्माण शुरु भएको २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माणकार्य गत वैशाख १५ मा सम्पन्न भएको थियो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here