राष्ट्रिय प्रसारण लाइनमा जोडियो खलङ्गा

200

काठमाडौं, जेष्ठ २ : नेपाल विद्युत् प्राधिकरणले दार्चुलाको सदरमुकाम खलङ्गामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जोडेको छ । यसबाट गुणस्तरीय विद्युत् सेवा पाउने दार्चुलावासीको वर्षौदेखिको चाहना पूरा भएको छ । भारतबाट आयात गरिएको विद्युत प्रयोग गर्दै आएका दार्चुलावासीले भोल्टेजको समस्या भोग्दै आएका थिए । प्राधिकरणले निर्माण गरेको बलाँच–खलङ्गा ३३ केभी प्रसारण लाइन हिजोदेखि सञ्चालनमा आएको हो । सो प्रसारण लाइनको हिजो चार्ज गरिएको प्राधिकरणले जानकारी दिएको छ । यो संगै दार्चुलाको खलङ्गा नेपालकै विद्युत् प्रणालीमा आबद्ध भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दार्चुला सदरमुकाममा राष्ट्रिय प्रसारण प्रणाली पु¥याई आफ्नो उत्पादनबाटै विद्युत् आपूर्ति शुरु गर्नु ठूलो उपलब्धि भएको बताउनुभयो । सो प्रसारण लाइनको निर्माणपछि आवश्यक परेका बेला खलङ्गाबाट भारततर्फ विद्युत् पठाउने पूर्वाधार पनि तयार भएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here