विधेयकको विरोधमा कांग्रेस

32

काठमाडौं, जेष्ठ २ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा दर्ता भएका राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार, मिडिया काउन्सिल र मानव अधिकारसम्बन्धी विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । विधेयकमा संविधानका प्रावधानविपरीत, प्रेस स्वतन्त्रता, मानव अधिकार तथा नागरिक हक हनन हुने खालका व्यवस्था भएको भन्दै कंग्रेसले तीनओटै विधेयकहरू फिर्ता लिन आग्रह गरेको हो । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सरकारले विधेयकहरू फिर्ता नलिए त्यसको विरोध गर्ने निर्णय गरेको नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण  खाँणले जानकारी दिनुभयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here