मिडिया काउन्सिल सम्बन्धी विधेयक संसदमा बहस हुने : प्रधानमन्त्री

265

काठमाडौं, जेष्ठ २ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको मिडिया काउन्सिल सम्बन्धी विधेयक जननिर्वाचित संसदमा बहस हुने बताउनुभएको छ । भियतनाम र कम्बोडियाको साताव्यापी औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुभएपछि  त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । मिडिया काउन्सिल विधेयकमाथि जननिर्वाचित संसदमा विस्तृत रुपमा छलफल हुने स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले छलफलपछि प्रकृया पुर्‍याएर अघि बढ्ने जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले वर्तमान सरकार संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्णतः प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो । सो अबसरमा प्रधानमन्त्री ओलीले आफ्नो भियतनाम र कम्बोडिया भ्रमण आपसी सहयोग र आर्थिक समृद्धिका लागि अत्यन्त सफल भएको पनि बताउनुभयो । पत्रकार सम्मेलनमा भ्रमणदलमा रहनुभएका पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भ्रमणको उपलब्धि र त्यसको उपादेयताबारे पत्रकारहरुलाइ जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री ओलीले यही वैशाख २६ देखि ३० गतेसम्म भियतनाम र त्यसपछि कम्बोडियाको औपचारिक भ्रमण गर्नुभएको थियो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here