नाडाल र फेडेरर क्वाटरफाइनलमा

202

काठमाडौं, बैशाख ३ :टेनिसको विश्व वरियताका २ नम्वर खेलाडी स्पेनका राफाल नाडाल र ३ नम्वर वरियताका स्विस खेलाडी रोजर फेडेरर इटालियन ओपन टेनिसको क्वाटरफाइनल चरणमा प्रवेश गरेका छन् । प्रतियोगिताको साविकको विजेता नाडालले फ्रान्सका जेर्मी चार्डीलाई ६-० र ६-१ को सेटमा पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेका हुन । अब नाडालले अर्को चरण प्रवेशका लागि वरियतामा आफूभन्दा १६ स्थान तल रहेका जर्जियन खेलाडी निकोलोजसंग खेल्ने छन् । यस्तै प्रतियोगिताको अर्को खेलमा स्वीस खेलाडी फेडेररले पोर्चुगलका जोआ सौसालाई ६-४ र ६-३ को सेटमा पराजित गर्न सफल भए । अब अर्को चरण प्रवेशका लागि फेडेररले क्रोयशियाका बोर्ना कोरीचसंग खेल्नेछ । इटालियन ओपनको महिलातर्फ भने अमेरिकी खेलाडी भेनस विलियम्स पराजित भइन् । भेनसलाई बेलायतकी जोहाना कोन्टाले ६-२ र ६-४ को सेटमा पराजित गर्न सफल भइन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here