विरामीलाई विष दिने चिकित्सक

160

काठमाडौं, बैशाख ३ :फ्रान्समा एक चिकित्सकले १७ जना विरामीलाई विष दिएको तथ्य सार्वजनिक भएको छ । फ्रिडारिक पिचेर नाम गरेका फ्रान्सेली चिकित्सकले यस अघि पनि ७ जना विरामीलाई मात्राभन्दा बढी बेहोस बनाउने औषधि दिएको बताइएको छ । बेहोस बनाउने औषधिको मात्रा बढी दिएकै कारण ९ जना विरामीको मृत्यु भएको आरोपमा ती डाक्टर माथि छानविन भइरहेको छ । समकक्षीहरु बीच आफूलाई फरक र प्रतिभाशाली देखाउन ती डाक्टरले बेहोस बनाउने औषधि प्रयोग गरी आपतकालीन अवस्थाको सिर्जना गर्ने गरेको बताइएको छ । उनले भने आफू माथि लागेका सबै आरोपहरु झुटा भएको भन्दै खण्डन गरेका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here