इन्डोनेसियाको लम्बक टापुमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ८२ जनाको मृत्यु

31
इण्डोनेशिया भुकम्प

इन्डोनेसियाको लम्बक टापुमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ८२ जनाको मृत्यु भएको आपतकालिन अधिकारीलेहरुले जनाएका छन् । विपद् व्यवस्थापन अधिकारीहरुका अनुसार भूकम्पका कारण संरचना भत्किँदा हजारौं सर्वसाधारण घाइते भएका छन् । ७ म्याग्निच्युडको भूकम्पका कारण हजारौं घरहरु भत्किएका छन् भने विद्युत सेवा अवरुद्ध भएको छ ।

छिमेकी टापु बालीमा सर्वसाधारणहरु घरबाट भागिरहेको दृश्य देखिन्छ । एक हप्ता अघि पनि पदयात्रा र समुद्री किनारका लागि चर्चित पर्यटकीय क्षेत्र लम्बकमा आएको भूकम्पका कारण कम्तीमा १६ जनाको मृत्यु भएको थियो । अमेरिकी भौगर्भिक सर्भेका अनुसार लम्बकको उत्तरी तटीय क्षेत्रमा आएको भूकम्प १० किलोमिटर भित्रबाट आएको हो । भूकम्पपछि सुनामी खतरा रहेकाले सर्वसाधारणलाई सचेत गराइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here