अमेरिका-चीन व्यापार युद्द

175

काठमाडौं, बैशाख ३ :चीनले आफ्नो देशको प्रविधी रोक्न अमेरिकाले लगाएको प्रतिवन्धको हरहालमा प्रतिवाद गर्ने चेतावनी दिएको छ । चीनियाँ प्रविधीले अन्तर्राष्ट्रिय स्तरमा गरिरहेको प्रगति रोक्न अमेरिकाले आपतकालको घोषणा गरी प्रतिवन्ध लगाएको भन्दै चीनले कडा आपत्ति जनाएको हो । अमेरिकी प्रतिवन्धबारे प्रतिक्रिया दिदै चीनको विदेश मन्त्रालयका प्रवक्ता लु काङले कुनै पनि मुलुकले चीनिया कम्पनी माथी लगाउने एकतर्फी प्रतिवन्धको चीनले सधै विरोध गर्ने बताएका छन् । उनले सहज व्यापारिक सम्वन्धका लागि अमेरिकासंग आग्रह गर्दै त्यस्तो नभएमा चीनले पनि उचित कदम चाल्ने बताएका छन् । विदेशी प्रविधीले साइवर हमलाको खतरा बढाएको भन्दै अमेरिकाले हिजो प्रविधी आपतकालको घोषणा गरेको थियो । आपतकाल पछि अन्य मुलुकका प्रविधीको प्रयोग रोक्न अमेरिकी प्रशासनलाई सहज हुने छ । तर चीनले भने आफ्नो प्रविधी निर्माता कम्पनी हुवाए माथि प्रतिवन्ध लगाउन अमेरिकाले आपतकालको नाटक रचेको भन्दै कडा शब्दमा आपत्ति जनाएको हो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here