माथिल्लो त्रिशुली थ्री ए बाट बिजुली उत्पादन शुरु

45

काठमाडौं, बैशाख ३ :वहुप्रतिक्षित माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ । आयोजनाले हिजोदेखि कुल क्षमताको आधा अर्थात ३० मेगावाट विद्युत उत्पादन सुरु गरेको हो । आयोजनाको सवै संरचना तथा उपकरणहरुको सफल परीक्षणपछि विद्युत उत्पादन गरि राष्ट्रिय प्रशारण लाइनमा प्रवाह गरिएको छ । आयोजनाको भुमिगत विद्युत गृहवाट सफलतापूर्वक विद्युत उत्पादन सुरु भएको आयोजना प्रमुख फणीन्द्र जोशीले जानकारी दिनुभयो । नुवाकोटको किस्पाङ र रसुवाको दक्षिणी भेगमा निर्मित आयोजनाको निर्माण सुरु भएको आठ वर्षपछि विद्युत उत्पादन सुरु भएको हो । आगामी असारदेखि पुरै उत्पादन सुरु हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । आयोजनाको विद्युत् सिम्लेमा रहेको विद्युत्गृहबाट २२० केभीए डबल सर्किट प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थ स्थित सबस्टेसनमा जोडिएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here