सगरमाथा आरोहीको संख्या बढ्दो

43

काठमाडौं, बैशाख ३ :यस बर्षको वसन्त ऋतुको यो याममा बिहिबारसम्म ६५ जना आरोहीहरुले सगरमाथाको सफल आरोहण गरेका छन् । मङ्गलबार देखि शुरु भएको यो याममा हिजो २८ जनाले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार पाँच समूहका १२ जनाले लोत्से हिमाल आरोहण गरेका छन् भने ४३ ले कञ्चनजङ्गा र ३२ जनाले मकालु हिमालको सफल आरोहण गरेका छन् । अझै धेरै आरोहीहरु आधार शिविरमा पालो पर्खेर बसिरहेका छन् । पर्यटन विभागबाट सगरमाथा आरोहणका लागि ४१ समूहका ३७८ जनाले अनुमति पाएका छन् । लोत्से हिमाल आरोहणका लागि छ समूहका ६६ ले अनुमति पाएका छन् । बङ्गालको खाडीबाट उठेको सामद्री आँधी ‘फानी’का कारण केही समयअघि आरोहणमा केही समस्या आउने सङ्केत देखिए पनि अहिले त्यहाँको मौसम सामान्य रहेको आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । विभिन्न उद्देश्यसहित आरोहणमा जाने आरोहीबाट सरकारले यो वर्ष करीब ४० करोड रुपैया भन्दा बढी राजश्व सङ्कलन गरेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here