मदन भण्डारी र जीवराज आश्रितलाई सम्झँदै

52

काठमाडौं, बैशाख ३ :आज जेठ ३ गते, मदन–आश्रित स्मृति दिवस । बिभिन्न कार्यक्रमको आयोजना गरी नेपाल कम्युनिष्ट पार्टी नेकपाले मदन आश्रितको स्मरण गर्दैछ । विसं २०५० जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुङ्गामा रहस्यमय जिप दुर्घटनामा परी निधन भएको आज २६ वर्ष पूरा भएको छ । प्रत्येक वर्ष जेठ ३ मा पार्टीका तर्फबाट दासढुङ्गामा रहेको मदन–आश्रितको शालिकमा माल्यार्पण गरिन्छ र मदन–आश्रितको विचार र सिद्धान्तको चर्चा गरिन्छ । मदन–आश्रितका सपना भर्खर एकीकृत भएको नेपाल कम्युनिष्ट पार्टीले पूरा गर्ने नेताहरुको भनाइ छ । स्व भण्डारीको विचार र सिद्धान्त वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक रहेको बिश्लेषण गर्ने गरिन्छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here