इटालियन ओपन टेनिसको उपाधी नाडाललाई

94

काठमाडौं, बैशाख ६ :स्पेनिस स्टार राफायल नाडालले इटालियन ओपन टेनिसको उपाधि जितेका छन्  । हिजो भएको फाइनलमा विश्व वरियतामा एक नम्बर खेलाडी सर्बियाका नोभाक जोकोभिकलाई पराजित गर्दै नाडालले उपाधि जितेका हुन् । २ नम्वर वरियताका नाडालले जोकोभिकलाई ६-०, ४-६, ६-१ को सेटमा पराजित गर्न सफल भए । यो संगै नाडालले नवौं पटक इटालियन ओपनको उपाधी जित्न सफल भएका छन् । इटालियन ओपनको महिलातर्फको उपाधि चेक गणतन्त्रकी करोलिना प्लिस्कोभाले जितिसकेकी छिन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here