हुवावेमाथि गुगलको प्रतिवन्ध

253

काठमाडौं, बैशाख ६ :गुगलले आफ्नो एनरोएड अपरेटिङ प्रणालीका केही हिस्सामा चीनिया मोवाइल कम्पनी हुवाएलाई निषेध गर्नेगरी प्रतिवन्ध लगाएको छ । गुगलले हुवाए कम्पनीले बनाउने नयाँ स्मार्ट फोनमा गुगल एप स्टोर र जीमेल समेत नचल्ने बनाएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । गुगलको कुन कुन प्रविधी र प्रणालीमा हुवाएलाई निषेध गर्ने भन्ने बारेमा थप छलफल भइरहेको गुगल स्रोत उल्लेख गर्दै रोयटर्सले उल्लेख गरेको छ ।  कुन कुन अमेरिकाले विदेशी प्रविधीको प्रयोगमा प्रतिवन्ध लगाएको केही दिनमै गुगलले हुवाएका स्मार्ट फोनमा आफ्ना सफ्टवेयर नचल्ने बनाएको हो । हुवाए लाई निषेध गरेको बारे प्रतिक्रिया दिन गुगलका कोही पनि अधिकारी भेट नभएको तर हुवाएले भने त्यसबारेमा प्रतिक्रिया दिन नचाहेको विविसीले जनाएको छ । अमेरिका संगको विवादपछी विश्वका धेरै मुलुकहरुल् हुवाएको पाचौं पुस्ताको फाइभ जी सेवा मा पनि रोक लगाएका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here