आजबाट अप्टिकल फाइबर बिच्छ्याइने काम शुरु

378

काठमाडौं, बैशाख ६ :स्थानीय तहसम्म इन्टरनेटको पहुँच पुर्याउने लक्ष्यका साथ आजबाट अप्टिकल फाइबर बिछ्याइँदैछ । धादिङको गल्छी गाउँपालिका स्थित मासटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले फाइबर बिछ्याउने कार्यको औपचारिक शुभारम्भ गर्दैहुनुहुन्छ । सरकारी स्वामित्वको नेपाल टेलिकमले प्रदेश एक, दुई र तीनका विभिन्न तीन ठाउँबाट आज एकैपटक फाइबर बिछ्याउने कार्यको सुरुवात गरिदै छ । त्यस्तै सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि  फाइबर बिछ्याउने कामको औपचारिक सुरुवात हुनेछ । यसरी बिछ्याइने फाइबर मध्यपहाडी लोकमार्गलाई आधार मानेर तीनवटै प्रदेशका ३२ जिल्ला सदरमुकामसम्म टेलिकमले पुर्याउनेछ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here