कामीरिताको नयाँ किर्तिमानी

131

काठमाडौं, जेठ ७ :कीर्तिमानी आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथाको सफल आरोहण गर्नुभएको छ । आज बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको शिखरमा २४ पटक पाइला टेक्दै कामीरिताले यसअघी आफैंले कायम गरेको सर्वोच्च शिखरको किर्तिमानी २३ औं आरोहणको किर्तिमान तोड्दै नयाँ किर्तिमान बनाउन सफल हुनुभएको हो । कामीरिताले गत बुधबार मात्रै २३ औं पटक सगरमाथा आरोहण गर्नुभएको थियो । एकै सिजनमा उहाँले दुईपटक आरोहण गर्दै किर्तिमान बनाएको सगरमाथा आधार शिविरबाट पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ । सेभेन समिट कम्पनीबाट आरोहण गर्नुभएका कामीरिताले अर्को बर्ष सगरमाथाको २५ औं आरोहण गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here