चीनसँगको व्यापार युद्द अन्त्य गर्न राष्ट्रपति ट्रम्पलाई आग्रह

106

काठमाडौं,जेठ ८:उपभोक्ताहरुलाई नकारात्मक असर परेको भन्दै संसारका केही ठूला जुत्ता चप्पल सम्बन्धी कम्पनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीनसँगको व्यापारिक युद्ध अन्त्य गर्न आग्रह गरेका छन् । नाइकी र एडिडास सहित १ सय ७० कम्पनीले हस्ताक्षर गरेको पत्रमा राष्ट्रपति ट्रम्पको २५ प्रतिशत शुल्क वृद्धि सम्बन्धी निर्णयले काम गरेर खाने तल्लो वर्गमा नराम्रो असर पुगेको बताइएको छ । उच्च लेभीका कारण केही व्यवसायको भविष्य माथि नै धक्का पुग्न सक्ने भन्दै सचेत गराइएको छ । यो समय व्यापार युद्ध समाप्त गर्ने समय हो भन्दै फर्महरुले संयुक्त रुपमा राष्ट्रपति ट्रम्पलाई पत्र पठाएर सचेत गराएका हुन् । अमेरिकाले २ अर्व डलर बराबरका चीनिया सामानमा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म शुल्क वृद्धि गरेको छ । एक हप्ता अघि अमेरिका र चीन बीच व्यापार सम्बन्धी नयाँ सम्झौता निष्कर्षमा पुग्न नसकेपछि अमेरिकाले शुल्कवृद्धि लागू गरेको हो । चीनले पनि आगामी जुन महिनाबाट अमेरिकी सामानमा शुल्क वृद्धि गर्ने घोषणा गरेको छ । क्लर्क, डक्टर मार्टिन्स र कन्भर्स सहितका जुत्ता चप्पल कम्पनीले पत्रमा हस्ताक्षर गर्दै जुत्ता चप्पलको औषत शुल्क ११.३ प्रतिशत रहेको र कुनै कुनैमा ६७.५ प्रतिशत सम्म शुल्क वृद्धि भएको दाबी गरेका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here