ब्रेक्जिटको मुद्दा अन्तिम चरणमा

102
LONDON, ENGLAND - SEPTEMBER 12: British Prime Minister Theresa May leaves number 11 Downing Street ahead of Prime Minister's Question session (PMQs) on September 12, 2018 in London, England. (Photo by Leon Neal/Getty Images)

काठमाडौं,जेठ ८:बेलायती प्रधानमन्त्री टेरिजा मेले सांसदहरुलाई ब्रेक्जिट सम्बन्धी सम्झौतालाई अघि बढाउने अन्तिम मौका भएको बताउनु भएको छ । यदि संसदबाट युरोपियन युनियनबाट फिर्ता हुने सम्बन्धी प्रस्ताव पारित नभए दोस्रोपटक जनमत संग्रहमा जाने नयाँ सम्झौता हुने बताउनु भयो । प्रधानमन्त्री मेको नयाँ प्रस्तावमा श्रमिकको अधिकार, वातावरणीय संरक्षण र उत्तरी आइरिस सीमाका साथै कर लगायतका विषयमा ग्यारेन्टी गरिएको छ । प्रधानमन्त्री मे को नयाँ प्रस्ताव पहिलेको भन्दा पनि खराब भएको भन्दै श्रमिकहरुले आलोचना गरेका छन् । मेको नयाँ प्रस्तावलाई सन् २०१७ को आम निर्वाचनको घोषणापत्र विपरित भएको भन्दै विरोध जनाइएको छ । प्रधानमन्त्री मेको इयुबाट बाहिरिने सम्बन्धी प्रस्तावलाई बेलायती सांसदहरुले तीन पटक अस्वीकृत गरिसकेका छन् । साथै मजदुरहरुसँग सम्झौता पनि औपचारिक रुपमा असफल भइसकेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here