सुधारिँदै अन्तराष्ट्रिय विमानस्थल

199

काठमाडौं,जेठ ८:त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रनवे रिह्याब’ को काम तीव्र गतिमा भइरहेको छ । धावनमार्गको हालसम्म दुई हजार २२० मिटर स्तरोन्नति सकिएको विमानस्थलले जनाएको छ । अब ८३० मिटरको काम मात्र  बाँकी छ । स्तरोन्नतिको काम गत चैत १८ देखि शुरु भएको हो । धावनमार्ग मर्मतको काम तिव्रगतिमा भैरहेकाले निर्धारित समय अगाडि नै काम सकिने विश्वास विमानस्थल सुधार आयोजनाले गरेको छ । धावनमार्गको पिच परिवर्तनका लागि आवश्यक सामग्रीको व्यवस्थापन तथा पर्याप्त जनशक्ति परिचालन गरिएको छ । मर्मतको काम बढीमा ९० दिनभित्र सक्ने गरी काम भैरहेको छ । नेपालको उड्डयन इतिहासमै पहिलोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्ण रुपमा पिच परिवर्तन गर्न लागिएको हो । धावनमार्ग स्तरोन्नतिको काम राति १० बजेदेखि बिहान ८ बजेसम्म भइरहेको छ । धावनमार्गको मर्मतपछि सुरक्षित उडान अवतरणमा सहज हुनुका साथै विमान ‘होल्ड’ हुने समस्याको पनि अन्त्य हुने विमानस्थलले जनाएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here