सन्दिप क्यारेवियन प्रिमियर लिगमा अनुबन्धित

98
Nepal’s Sandeep Lamichhane prepares to bowl during a team training session at the Affies Park on Wednesday, ahead of their ICC World Cricket League Division-II match against Namibia. Photo Courtesy: Raman Shiwakoti

काठमाडौं, जेठ ९ :वेष्ट इण्डिजमा आयोजना हुने क्यारेबियन प्रिमियर लिग सीपीएल टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा खेल्नका लागि नेपाली क्रिकेटर सन्दीप लामिछाने अनुबन्धित भएका छन् । बेलायतको लण्डनमा भएको खेलाडी चयनमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप करिव ८० लाख रुपैयामा अनुबन्धित भएका हुन्  । सन्दीपलाई बार्बाडस ट्राइ डेन्टसले आफ्नो टोलीमा अनुबन्ध गराएको छ । लीग खेल्न सन्दीपले पाएको यो रकम अहिलेसम्मकै धेरै हो । सीपिएलको गत सिजन पनि खेलेका सन्दीपले त्यतिबेला करिव ६ लाख रुपैया मात्र पाएका थिए । सीपिएल खेल्ने खेलाडीहरुको प्रारम्भिक सूचीमा चार जना नेपाली राष्ट्रिय टोलीका खेलाडीको नाम परे पनि सन्दीप मात्र अन्तिम सूचीमा पर्न सफल भए । ड्राफ्टमा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेलको पनि नाम परेको थियो । तर अन्तिम खेलाडी चयनमा भने सन्दीप मात्र पर्न सफल भए । ६ वटा टोलीले प्रतिस्पर्धा गर्ने सीपीएल लिग आगामी जुलाई महिनाको ११ देखी अगष्टको १६ तारिख सम्म हुनेछ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here