युरोपेली संसदका लागि निर्वाचन

176

काठमाडौं, जेठ ९ :युरोपेली संघका २८ सदस्य राष्ट्रहरुको साझा संसद युरोपेली संसदको सदस्य चयनका लागि चार चरणमा हुन लागेको नर्वाचनमा आजबाट मतदान सुरु हुदै छ । संसदको पाँचबर्षे नवौं कार्यकालका लागि हुने निर्वाचनमा ७५१ संसद सदस्य चुन्नका लागि इयु सदस्य राष्ट्रका मतदाताहरुले मतदान गर्नेछन् । पहिलो चरणमा आज बेलायत र नेदरल्याण्ड्समा मतदान हुदैछ । यसैगरी आयरल्याण्ड र चेक रिपव्लिकमा भोलि मतदान हुने छ भने लाट्भिया, माल्टा र स्लोभाकियामा शनिवार मतदान हुनेछ । बाँकी २१ सदस्य मुलुकमा भने अन्तिम चरणमा आइतवार मतदान हुनेछ । मतदान सकिएपछी एकै पटक मतगणना गरिने जनाइएको छ । निर्वाचनका लागि सदस्य राष्ट्रहरुलाई तिनको जनसंख्याको आधारमा सीट उपलव्ध गराइएको हुन्छ । इयुको विधान अनुसार सबै सदस्य राष्ट्रको समानुपातिक प्रतिनिधित्व गराइने संसदमा रहने आठ वटा राजनितिक समूहमा नै निर्वाचित सांसदहरु आवद्ध हुनुपर्ने छ । वर्तमान संसदको कार्यकाल आगामी जुलाइ महिनाको २ तारिखमा सकिदै छ । ७३ सांसद सदस्य रहेको बेलायतको इयु सदस्यता परित्याग गर्ने निर्णयले भने यस पटकको निर्वाचन परिणामलाई प्रभावित गर्न सक्ने विश्लेषण गरिएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here