जीतको लागी २ सय ७९ रनको लक्ष्य

201

काठमाडौं, जेठ १० : प्रधानमन्त्री कप एकदिवशिय क्रिकेटको उदघाटन खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर २ लाइ जीतको लागी २ सय ७९ रनको लक्ष्य दिएको छ । किर्तिपुर स्थित त्रि वि क्रिकेट मैदानमा आज टस हारी पहिले ब्याटिङ गरेको आर्मिले पुरै ५० ओभर खेली ९ विकेटको क्षतीमा २ सय ७८ रन बनाएको छ । आर्मिको लागी राजु रिजालले ९० र कप्तान विनोद भण्डारीले ६६ रन बनाएका थिए । प्रदेश २ को लागी हरीशंकर साहले ३ विकेट लिए । प्रतियोगितामा ३ विभागिय टोली र ७ प्रदेशको टिम गरी १० टिमले भाग लिएका छन । राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको प्रतियोगिताको विजयी टिमले २० लाख र उपविजेता टिमले १० लाख रुपैयाँ प्राप्त गर्ने छन ।  यसअघि युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनुवार विश्वकर्माले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here