अमेरिकामा टोनार्डो परी तीन जनाको मृत्यु

159

काठमाडौं, जेठ १० : अमेरिकाको मिजोरी राज्यमा भूमरी सहितको हावाहुरी टोनार्डोमा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना वृद्ध दम्पती छन् । उनीहरूलाई हुरीले उडाएर घर भन्दा निकै पर पुर्‍याएर पछारेको थयो। मिजोरी राज्यको गोल्डेन सिटीमा उनीहरुको मृत्यु भएको हो । एक-दुई दिन अघि मात्रै मौसमी खराबीका कारण मिजोरीमा २ जनाको र ओक्लाहोमा र आइओवामा १ – १ जनाको मृत्यु भएको थियो । यो सँगै ये हप्ता मात्रै अमेरिकाको मध्यपश्चिम क्षेत्रमा तीब्र हावाहुरीबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । आँधीले रुख ढलेका र बिजुलीको लाइन काटिएकाले जनजीवन नराम्ररी प्रभावित भएको छ । त्यहाँ पछिल्लो २४ घन्टामा २९ वटा टोर्नाडो रेकर्ड गरिएको छ । आज थप टोर्नाडो आउन सक्ने भन्दै अधिकारीहरुले घरबाट बाहिर ननिस्किन स्थानीयलाई आग्रह गरेका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here